काठमाडौं : सत्तारुढ दलहरुले सिट बाँडफाँडको खाका बनाउन गठन गरेको कार्यदलको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको कार्यदलका सदस्य एवम् राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलबीच तालमेलको खाका बनाउन सत्तारुढ पाँच दलले ११ सदस्यीय कार्यदल गठन गरेका छन्। कार्यदलमा कांग्रेसबाट ३ र अन्य दलबाट २–२ जना सदस्य छन्। यसअघि साउन २३ गते बसेको कार्यदलको पहिलो बैठकले नेपाली कांग्रेसका नेता