काठमाण्डाै - नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा डुङ्गा पल्टिँदा बालबालिकासहित कम्तीमा २९ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा धेरैजसो ६ देखि १२ वर्षका स्कुले बालबालिका रहेका छन् । उनीहरु कानो राज्यबाट नदी पारिकाे अर्को सहर बाग्वईमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुन गरिरहेकाे अवस्थामा डुङ्गा पल्टिएको बीबीसीले जनाएको छ । जीवितै उद्धार गरिएका सात जनालाई अस्पताल लगिएको छ ।
डुङ्गामा ५० जनाभन्दा बढी यात्रु थिए । बेपत्ताको खोजी कार्य भइरहेको उद्धारमा संलग्न राष्ट्रिय निकाय तथा सुरक्षाकर्मीले जनाएका छन् । डुङ्गामा क्षमता...