नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न थालनी

रौतहटमा जथाभावी भइरहेको अवैध नदी दोहन रोक्न थालनी भएको छ। जिल्लाका विभिन्न नदीबाट खोलाजन्य वस्तुको निकासी तथा अवैध रूपमा सञ्चालित क्रसर उद्योगमाथि सम्बद्ध पक्षले कडा निगरानी थालेको हो।

सम्बन्धित सामग्री

नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेलाई रु ५० हजार जरिवाना

कञ्चनपुर- नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने भएको छ। नगरपालिका क्षेत्रभित्रका खोला, नदीबाट गिट्टी, ढुङ्गा, माटो, बालुवा अवैध उत्खनन गर्ने र बिक्री वितरण गर्नेलाई रु ५० हजार जरिवाना गर्ने भएको हो। नगरपालिका क्षेत्रभित्रका खोलानालाबाट नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गर्ने सबै प्रकारका ढुवानीका साधनलाई नगगरपालिकाले जरिवाना गर्ने जनाएको छ। ‘नगरपालिका क्षेत्र भएर […]

निर्माण आयोजनाले अवैध उत्खनन गरेपछि उपमहानगरको अंकुश

रुपन्देही । बुटवलको तिनाउ–दानव कोरिडोर निर्माणका क्रममा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार हुन थालेपछि बुटवल उपमहानगरपालिकाले अंकुश लगाउन थालेको छ । कोरिडोर निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनीले बुटवल क्षेत्रभित्रको नदीजन्य पदार्थ उत्खनन गर्दा राजस्व भुक्तानी नगरेको र नदीजन्य पदार्थको मनपरी उत्खनन र ओसारपसार हुन थालेको पाइएपछि उपमहानगरले सरोकारवाला टोलीलाई लिएर फिल्डमै पुगेर […]

नदीजन्य पदार्थको अवैध उत्खनन, ठेक्का नलाग्दा राजस्व गुम्दै

दाङ देउखुरीमा नदीजन्य पदार्थको अवैध उत्खनन बढ्न थालेको छ। स्थानीय सरकारले समयमै ठेक्का लगाई उत्खननको अनुमति नदिएकाले अवैध उत्खनन बढ्न थालेको हो। भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ नखोल्दा सेवाग्राही मर्कामा परिरहेका छन्। यता विचौलियाले अवैध उत्खनन गर्दा राजस्व गुमेको छ।

रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

बाँके जिल्लाका विभिन्न नदी र खोलाबाट हुँदै आएको नदीजन्य पदार्थ बालुवा, गिट्टी र ढुङ्गाको अवैध उत्खनन र ओसारपसार निरन्तर जारी छ । राप्तीसोनारी गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधिले अनुगमन गर्दा धेरै ठूलो परिमाणमा उत्खनन गरिएको अवैध नदीजन्य पदार्थ फेला परेपछि प्रहरी प्रशासनले सो रोक्न केही कडाइ गरे पनि अवैध उत्खनन र ओसारपसार निरन्तर छ ।

रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकाको गाउँगाउँमा नदीजन्य पदार्थको अवैध उत्खनन गरी घाटगद्दी गरेको पाइएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले वडा नं २, ४, ५, ६, ८ र ९ का विभिन्न क्रसर उद्योग तथा नदीजन्य पदार्थ राखिएको घाटगद्दी स्थलको अनुगमन गरेका थिए । अनुगमनका क्रममा अधिकांश स्थानमा नदीजन्य पदार्थको अवैध रुपले उत्खनन र घाटगद्दी गरेको […]

कमलामा चिनियाँ कम्पनीको अवैध उत्खनन

पूर्व–पश्चिम राजमार्गलाई चार लेन बनाउने ठेक्का पाएको चिनियाँ कम्पनी चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले धनुषाको कमला नदीमा ढुंगा–गिट्टीको अवैध उत्खनन गरिरहेको खुलेको छ । नदीजन्य पदार्थ झिक्न कम्पनीले अनुमति लिएको छैन । नदीजन्य पदार्थको उत्खनन र ढुवानीमा प्रयोग गरिएका गाडी र उपकरणहरू धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

नदीजन्य पदार्थ उत्खननमा छुट्टै कानुन माग गर्दै सर्वोच्चमा रिट

१५ वैशाख, काठमाडौं । नदीजन्य पदार्थको अवैध उत्खनन र दोहन रोक्न कानुनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वातावरण तथा कानुन समाजमा आवद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठसहित ७ वटै प्रदेशका कानून व्यवसायीले प्राकृतिक स्रोत उत्खनन तथा नियन्त्रण कानुन माग गर्दै संयुक्त रुपमा रिट दिएका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, वन तथा […]

रोकिएन अवैध उत्खनन

सरकारले असार लागेदेखि तीन महिना नदीजन्य पदार्थको उत्खननमा रोक लगाए पनि महोत्तरीमा अवैध उत्खनन नियन्त्रण हुन सकेको छैन। बाँके खोलामा भएको घटनाको २४ घण्टा नबित्दै प्रहरीले गौशाला नगरपालिका–५ स्थित मडाहा खोलाबाट गिट्टी, बालुवा चोरी निकासी गरिरहेको अवस्थामा बुधबार राति फेरि एक थान ट्याक्टर नियन्त्रणमा लिएको छ। मध्य रातको समय खोला उत्खनन भइरहेको सूचनाको आधारमा गौशालास्थित इलाका प्रहरी कार्यालयबाट बुधबार राति घटना स्थल पुगेको सुरक्षा टोलीले नदीजन्य पदार्थ लोड गरिएको ज. १ त. ४७४६ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो। ट्याक्टरसाथ पक्राउ परेका चालक मुन्ना साहसँग आवश्यक सोधपुछ भइरहेको गौशाला प्रहरीले जनाएको छ।

नदीजन्य पदार्थ चोरी गर्नेबाट २८ बढी लाख राजस्व

जिल्ला समन्वय समिति दाङले नदीजन्य पदार्थको अवैध उत्खनन र चोरी निकासी गर्नेबाट कारबाहीस्वरुप २८ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।