असार ९, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य आगामी साउन १ गतेदेखि आरविवि मर्चेण्ट बैैंकिङ लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ ।