प्रमुख राजनीतिक दलका शीर्ष नेतामध्ये केहीले दशैंको टीका लगाउन नपाउने भएका छन् भने केहीलाई स्वास्थ्यका कारण दशैंको खानपिनमा खुलेर रमाउन नसक्ने अवस्था छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भाइको निधन भएकाले यस वर्ष टीका लगाउने छैनन् ।
ओलीको त स्वास्थ्यका कारण पनि खानपिनमा निकै सजगता अपनाउनुपर्ने अवस्था छ ।
तन्दुरुस्त देउवा
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा खानपिनका शौखिन छन । उनले स्वास्थ्यकै कारण आफ्ना रूचिका खाना खान छाड्ने गरेका छै...