प्रदेश –१ मा सभामुख चयन गरिंदै, माओवादीका गौतमको मात्रै उम्मेदवारी

काठमाडौं । प्रदेश १ मा आज सभामुखको चयन गरिदैछ । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ । उहाँलाई प्रतिपक्षी दलको पनि समर्थन रहेकाले उहाँ निर्विरोध निर्वाचित हुनुहुनेछ । अहिले केहीबेरमा बस्न लागेको प्रदेश सभा बैठकले गौतमलाई निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गर्नेछ । गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र […]

सम्बन्धित सामग्री

प्रदेश १ को सभामुखमा ओखलढुंगाका गौतम सर्वसम्मत

विराटनगर । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । बिहीबारको प्रदेश सभा बैठकले गौतमलाई सभामुखमा चयन गरिएको प्रस्ताव सर्वसम्मत पारित गरेको हो । गौतम चार दलीय सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार बनेका थिए । गौतमलाई सभामुख चयन गरियोस् भन्ने प्रस्तावका प्रस्तावक एमाले संसदीय दलक...

प्रदेश १ मा आज सभामुख चयन, एक जनाले मात्र गराए मनाेनयन दर्ता

माेरङ- प्रदेश १ मा बिहीबार प्रदेशसभा सभामुखका लागि निर्वाचन हुँदैछ। सभामुखको लागि निर्वाचन समय ११ बजे तोकिए पनि हालसम्म उम्मेदवारी मनोनयन दर्ता नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतमको मात्र परेको प्रदेशसभाका प्रवक्ता चन्द्रमणि पोखरेलले बताए। बिहानबाट राजनीतिक दलको बैठक बसिरहेको बताउँदै प्रवक्ता पोखरेलले सभामुखमा चयन गर्ने घोषणा औपचारिक रूपमा प्रदेशसभाको बैठकले गर्ने जानकारी दिए। […]

मजदुर आन्दोलनबाट उदाएका बाबुराम गौतम

विराटनगर : प्रदेश १ मा प्रदेशसभाको  सभामुखका लागि कसैको दाबी नआएपछि  माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का प्रदेशसभा सदस्य बाबुराम गौतम सभामुख पदका लागि निश्चित भएका छन्।प्रदेशसभाको सभामुख पदका लागि निर्धारित समयमा गौतमको बाहेक अन्य कुनै दलले दाबी परेन। त्यसो हुँदा उनी निर्विरोध निर्वाचित हुनेछन्। सभामुखको निर्वाचन पुस २८ गते हुनेछ।  गौतमलाई सभामुख चयन गर्ननका निम्ति एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी प्रस्तावक रहेका छन् भने समर्थकमा माओवादी केन्द्रका नार