तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधान जोगाउन गठबन्धन गरिएको बताएका छन् । जिल्लाको भानु नगरपालिका–६ स्थित सिम्पानीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न आवश्यकता देखिएकोले गठबन्धन गरी देशलाई निकास दिन लागेको बताए । ‘मैले ल्याएका केही विकासका योजना अधूरा छन्’, उनले भने, […]