काठमाडाैँ- परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन्। उनलाई प्रहरी हिरासतबाट छुटाएर मंगलबार साँझ बुटवल लगिएकाे छ। मुख्यमन्त्री केसीले अभियुक्त वलीलाई आफ्नै निवासमा राखेका हुन्। प्रहरी हिरासतमा रहेकी वलीलाई गएराति दाङबाट बुटवल ल्याइएको थियो। प्रहरी स्रोतका अनुसार उनलाई प्रहरी सुरक्षाका […]