माधव नेपालसँगको वार्तामा एमाले संस्थापन तर्फबाट बादल पनि सहभागी

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप सत्तारुढ नेकपा एमालेको दुइ पक्षबीच सिंहदरबारमा एक घण्टादेखि छलफल चलिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रवार साझ भएको वार्तामा संस्थापन पक्षको तर्फबाट नेता रामबहादुर थापा बादल पनि सहभागि छन् । वार्तामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेता नेपाल लगायत दुवै पक्षका प्रभावशाली नेताहरु सहभागि छन् ।  नेकपा एकता भंग भएपछि पूर्व माओवादी पृष्ठभूमिका बादल एमालेमा लागेका थिए । नयाँ स्थायी कमिटीमा उनी चौथो बरियताको नेता हुन् । बागमती प्रदेश कमिटीको इन्...

सम्बन्धित सामग्री

प्रचण्डले एमालेसँग सहकार्य गरेपछि बादल उत्साही, दिए यस्तो प्रतिक्रिया

काठमाडौं, २५ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको लागि आफ्नो दलसँग सहकार्य गरेपछि उत्साही भएका छन् । उनले एमाले–माओवादी सहकार्य सुरु भएपछि अब देशमा राजनीतिक स्थायित्व हुने विश्वास व्यक्त गरेका छन् । गुल्मीमा प्रेस चौतारीले आयोजना पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बादलले यस्तो प्रतिक्रिया दिएका हुन् । अहिलेको […]

नेपालको राजनीतिमा कालो बादल मडारियो : नेपाल

काठमाडौँ-  नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशको राजनीतिमा कालो बादल मडारिएको बताएका छन् । काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले भने,  ‘सावधान ! देशमा कालो बादल मडारिएको छ ।’ राष्ट्रियतको रक्षा जनताले गर्न सक्ने भन्दै उनले राजनीतिक विकृतिलाई पन्छ्याउनुपर्नेमा जोड दिए ।   एमाले विभाजनपछि पहिलो पटक केपी ओलीसँगको मञ्चमा […]

तीन पूर्वमाओवादी नेता एमाले पदाधिकारी निर्वाचित

चितवन : नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनबाट पूर्वमाओवादीका तीन जना नेता पदाधिकारी निर्वाचित भएका छन्। केपी ओलीको प्रस्तावित सूचीमा रहेका रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझी विजयी भएका हुन्। बादल उपाध्यक्ष तथा भट्ट र रायमाझी सचिव पदमा निर्वाचित भएका हुन्। ६ जना उपाध्यक्ष चाहिनेमा बादल छैटौं नम्बरमै निर्वाचित भएका हुन्। यसअघि घनश्याम भुसालको उम्मेदवारीले वादल पराजित हुन सक्ने आशंका पनि गरिएको थियो।  सात जना आवश्यक सचिव पदमा भट्ट पाँचौं र रायमाझी छै

एमाले दशौँ महाधिवेशन : बादल नेतृत्वको मूल व्यवस्थापन समितिमा को–को ?

एमालेले नेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटी गठन गरेको छ । बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले थापाको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी गठन गरेको हो । महाधिवेशन सफल पार्न सातै प्रदेशका एक–एक जना प्रतिनिधि नछुट्ने गरी २१ सदस्यीय कमिटी गठन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए । उनका अनुसार मूल व्यवस्थापन कमिटीमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, राजन भट्टर

एमाले नेता बादल पत्रकार सम्मेलन

नेपाल कम्युुनिष्ट पार्टी (एमाले)को शुक्रबारबाट ललितपुरमा हुन गईरहेको प्रथम विधान महाधिवेशनबारे जानकारी दिन  बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा  सम्बोधन गर्दै पूर्व गृहमन्त्री एवं एमाले नेता रामबहादुुर थापा 'बादल'  । तस्वीर रासस

एमालेको बागमती प्रदेशमा पनि बादल नै इन्चार्ज !

३१ भदौ, काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश इन्चार्जकै भूमिकामा अतिथि बनेका थिए । उक्त कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि सम्बोधन गरिन् । बादल भन्दा पहिले सम्बोधन गरेकी शाक्यलाई भने उद्‌घोषकले पार्टी उपाध्यक्ष एवम् मुख्यमन्त्री भनी […]

राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी, बादल पराजित

काठमाडौं। राष्ट्रियसभा सदस्यको लागि भएको निर्वाचनमा डा. खिमलाल देवकोटा विजयी बनेका छन्। देवकोटाले ५०८८ मत पाएर विजयी भएका हुन्। एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन्। निर्वाचनको अन्तिम मतपरिणाम भने घोषणा हुन बाँकी छ। बागमती प्रदेशमा सम्पन्न भएको उपनिर्वाचनमा एमाले बलियो रहे पनि माधव समूहले साथ नदिएपछि बादल पराजित भएका हुन्।

गोकुल बास्कोटासहित एमाले नेताहरु लिएर बादल हेटौंडामा

हेटौँडा : बागमती प्रदेशबाट प्रतिनिधित्वका लागि भोलि जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेद्वार रामबहादुर थापा बादल हेटौँडा आएका छन्। गृहमन्त्रीसमेत रहेका बादलसहित एमाले नेताहरु हेटौंडा आइपुगेका हुन्। प्रदेश अन्तर्गतको उपनिर्वाचनमा एमालेको तर्फबाट बादल उम्मेद्वार बनेका छन्। उनको प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेस, माओवादी केन्द्र तथा जनता समाजबादी पार्टीको तर्फबाट डा…

देवकोटा भन्छन् : जित्छु, बादल भन्छन् : एमाले सबैको भोट पाउँछु

मकवानपुर : राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा तीन जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ। नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) का तर्फबाट साझा गठबन्धनबाट डा. खिमलाल देवकोटा, नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा 'बादल' र नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्। गठबन्धनका तर्फबाट

एमालेबाट राष्ट्रियसभाको उप निर्वाचनमा गृहमन्‍त्री बादल उम्मेदवार

काठमाडाैं। जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेबाट गृहमन्‍त्री रामबहादुर थापा बादल उम्मेदवार हुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आजको केन्द्रीय कमिटी बैठकमा एमाले प्रवेश गरेका कारण सांसाद पद गुमाएका सबै माओवादी नेतालाई उपनिर्वाचनमा जिताएर सांसद बनाइने बताएका छन्। माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका १५ जना सांसदको पद रिक्त रहेको छ। माओबादी केन्द्रको उजुरीपछि उनको पद खरेज भएको थियो।