बुरुन्डीमा हैजाकाे प्रकोप घोषणा गरिएको छ । बुरुन्डीका जनस्वास्थ्य नियन्त्रण मन्त्री सिल्वी न्जेइमानाले पूर्वी अफ्रिकी देशको वाणिज्य राजधानीका रुपमा रहेको बुजुम्बुरामा हैजाको प्रकोप घोषणा गर्नुभएको हो ।
अघिल्लो महिना बुजुम्बुराको उत्तरी क्षेत्रमा पखाला र बान्ताका लक्षणहरूसहित नौ जना व्यक्तिमा हैजा पुष्टि भएको थियो । त्यसैगरी अर्को मुताकुरामा पनि केही व्यक्तिहरूमा हैजा देखिएको र सङ्क्रमणका घटनाहरू बढ्दै गएपछि रोकथामको प्रयास गरिएको थियो ।
मन्त्री न्जेइमानाका अनुसार हैजा संक्रमित घरपरिवारलाई कीटाणुरहित गर्ने, महामारी फैलिने जोखिम...