काठमाण्डौमा थप २ जनामा हैजा पुष्टि, प्रकोप फैलिने जोखिम रहेकाले खानपानमा ध्यान दिन डाक्टरको सुझाव

काठमाण्डाै – काठमाण्डौमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो । यसअघि काठमाण्डौ बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको क्षेत्र काठमाण्डौको बागबजार क्षेत्रको नमूना संकलन गरिरहेको छ । बागबजार क्षेत्रको ढल,पानी, खाद्यलगायतको नमूना संकलन भइरहेको हो । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले काठमाण्डौमा हैजा फैलन सक्ने जो...