वर्षाका कारण आएको पहिराले मकवानपुरको सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ तिरतिरेधारामा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार सडक विभागका कर्मचारीले अहिले पहिरो हटाइरहेका छन् । आज अपराह्नसम्ममा यातायात सेवा पुनः सञ्चालनमा ल्याइने इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए ।पहिरोका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रुहरु सान