मौद्रिक नीतिप्रति उद्योगी र व्यवसायीको अपेक्षा के ?
राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिको मुख्य उद्देश्य नै मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्व कायम गर्नु हो । नेपाल सरकारले ल्याएको बजेटका लक्ष्य कायम गर्ने गरी हरेक वर्ष केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउने गर्छ ।
काठमाडौं । मौद्रिक नीतिको तयारीमा जुटेको राष्ट्र बैंकका गर्भनरले कोभिडकालको जस्तो खुला नीतिको अपेक्षा नगर्न आग्रह गरेका छन् । बाह्य क्षेत्रसँगै वित्तीय स्थायित्व कायम गर्दै बजेटका कार्यक्रमलाई सहयोग गर्ने मौद्रिक नीति आउने उनले बताए । १५ जेठमा संघीय संसदमा पेश भएको बजेटमाथि बिहीबारदेखि प्रतिनिधिसभामा मन्त्रालयगत छलफल सुरु भएको छ । मौद्रिक नीति तर्जुमा कार्यविधिले आर्थिक […]
चालु आर्थिक वर्षको सुरुदेखि नै बाह्य क्षेत्रका कारण मुलुकको अर्थतन्त्र समस्यामा देखिँदै आएको बेला निजी क्षेत्रको अपेक्षा विपरित मौद्रिक नीति आएको छ।...
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारको न्यूनतम साझा कार्यक्रम, नीति तथा कार्यक्रम, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी २०७८ तथा राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई आधार बनाएर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिए । सरोकारवालाबाट प्राप्त सुझावलाई पनि ध्यान दिइएको उनले बताए । अधिकारीले आगामी आर्थिक वर्षमा कोरोना महामारीका बीच पनि आर्थिक क्षेत्रको पुनरुत्थानमा सुधार आउने अपेक्षा गरे
नेपाल राष्ट्र बैंकले साउन पहिलो सातामै मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । यसबीच सरकार परिवर्तन भएपछि राष्ट्र बैंक रोकिएको छ । नयाँ सरकारको प्राथमिकता र परिमार्जन गरिने भनिएको बजेटपछि नै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने पर्खाइमा छ ।यद्यपि राष्ट्र बैंकले मौद्रिक नीतिको आवश्यक तयारी गरिरहेको छ । खासगरी उद्यमी–व्यवसायीका संगठनहरूले मौद्रिक नीतिले कोरोनाका […]
काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयबाट मौद्रिक नीति ल्याउन रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। आर्थिक पत्रकार संघ नेपाल नाफिजका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुसँगको भेटघाटको क्रममा मन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकोले त्यस्तो निर्देशन जारी नगरिएको जानकारी दिए। राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, जनताको अपेक्षा र लाभग्राहीहरुको पूर्वनिर्धारित कार्यक्रममा कुनै किसिमको […]
कोरोना महामारीका कारण गत वर्षदेखि नै व्यापार व्यवसायमा आएको संकुचनसँगै निजी क्षेत्रले आर्थिक पुनरुउत्थान हुने मौद्रिक नीतिको अपेक्षा गरेका छन् ।नेपाल राष्ट्र बैकले मौद्रिक नीति ल्याउने अन्तिम तयारी गरिरहेको बेला निजी क्षेत्रमार्फत राष्ट्र बैंकमा दिनहुँजसो पठाउने सुझावहरुले पुनरुउत्थान हुने मौद्रिक नीतिको अपेक्षा गरेको देखिएको हो । सरकारले आगामी वर्षका लागि ल्याएको बजेट तथा कार्यक्रम कार्यान्वयनको […]
काठमाडौं। साङ्ग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले मौद्रिक नीतिले विकास बैंकका समस्यालाई समाधान गर्ने अपेक्षा लिएको बताए। उनले आज मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा बोल्दै गत वर्षको जस्तै सबै क्षेत्रलाई समेटेर मौद्रिक नीति आउने अपेक्षा रहेको बताए। उनले भने,“यस वर्ष पनि विकास बैंकहरुको स्थिति गत वर्षको जस्तै छ। यसवर्ष पनि राष्ट्र बैंकले सबैलाई राहत दिने अपेक्षा गरेको छु।”