धौलागिरि आरोहण गरेर फर्किने क्रममा ग्रिसेली आरोहीको मृत्यु

ग्रिसेली आरोही एन्टोनिस स्यकारिसको पर्वतारोहण गरेर फर्किने क्रममा मृत्यु भएको छ । धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा बिरामी भएपछि ७ हजार ४ सय मिटरको उचाईमा उनको मृत्यु भएको सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए ।

सम्बन्धित सामग्री

६३ वर्षमा ५५० चढे धौलागिरि हिमाल

गलेश्वर । मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५५० जनाले आरोही चुचुरोमा पुग्न सकेका छन् । कुल आठ हजार १६७ मिटर उचाइको म्याग्दीको धौलागिरि गाउँपालिका-४ मुदीस्थित विश्वको सातौँ अग्लो धौलागिरि आरोहण गर्न आरोहीहरु बर्सेनि आउने […]

ज्यान हत्केलामा राखी साँघु वारपार

विश्वको सातौँ अग्लो हिमाल धौलागिरि आरोहण तथा अवलोकन गर्न आउने पर्यटकहरूलाई झोलुङ्गे पुलको अभावमा ज्यान हत्केलामा राखी काठको जीर्ण र जोखिम साँघुबाट खोला वारपार गर्नुपर्ने बाध्यता छ । यहाँको पर्यटकीय पदमार्गअन्तर्गत धौलागिरि गाउँपालिका – ४ मुदीदेखि आधार शिविरसम्म करिब १५ स्थानमा झोलुङ्गे पुलको आवश्यकता देखिएको छ । म्याग्दी तथा यसका सहायक खोलामा स्थानीयले बनाएका काठे साँघुबाट खोला वारपार गर्नुपर्ने बाध्यता छ ।

पुरानै लयमा फर्कँदै पर्यटन व्यवसाय, एकैपटक १३ आरोहीले धौलागिरि आरोहण गर्दै

कोरोनाको संक्रमण दर कम भएको र हिमाल आरोहणको याम सुरू भएसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमाल आरोहणका लागि १३ विदेशी आरोहीसहितको टोली बेस क्याम्पतर्फ प्रस्थान गरेको छ ।

धौलागिरि आरोहण गर्न १३ पर्यटक बेसक्याम्पतर्फ

विगत दुई वर्षदेखि कोरोनाले थलिएको पर्यटन क्षेत्र पुनः पुरानै लयमा फर्कन सुरु गरेको छ । अन्य क्षेत्रमा झै पर्वतारोहणमा विस्तारै आरोहीको चहलपहल सुरु भएको छ । पछिल्लो समय अधिकांश आरोहीको रोजाइँमा म्याग्दीमा रहेको धौलागिरि हिमाल पर्न थालेको छ । कोरोनाको सङ्क्रमण दर कम भएको र  हिमाल आरोहणको याम पनि सुरू भएसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमाल (८१६७ मि.) आरोहणका लागि १३ विदेशी आरोहीसहितको टोली वेस क्याम्पतर्फ प्रस्थान गरेको छ । इमेजिङ नेपाल नामक ट्रेकिङ सं

जिते आरोही, हारे मृत्यु !

३१ असोज, पोखरा । ‘हिमाल चढ्दा कुन पाइला र कुन श्वास अन्तिम हो, थाहा हुँदैन । हिमाल चढ्दै गर्दा फर्किन्न कि जस्तो लाग्छ, तर लक्ष्य महत्वपूर्ण रहेछ । लक्ष्य लिइसकेपछि मृत्युको चिन्ता नहुँदो रहेछ।’ १६ असोज २०७८ मा धौलागिरि हिमाल आरोहण गरेकी पूर्णिमा श्रेष्ठका भनाइ हुन्, यी । आरुघाट, गोरखाकी उनी धौलागिरि आरोहण गर्ने पहिलो […]

कारोबारकर्मी पूर्णिमा धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला

संसारको सातौं र नेपालको छैटौं अग्लो धौलागिरि प्रथम हिमालको चुचुरामा पहिलोपटक नेपाली महिलाले पाइला राखेका छन् । ८ हजार १ सय ६७ मिटर अग्लो उक्त हिमालको आरोहण कारोबार दैनिककी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामु शेर्पाले गरेका हुन् । उनीहरुले शुक्रबार बिहान ५ः३० बजे आरोहण गरी कीर्तिमान बनाएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले […]

प्रधानमन्त्री ओलीद्वारा हिमाल आरोही शेर्पालाई बिदाइ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झण्डासहित आज बिदाइ गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोही शेर्पालाई झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिनुभयो । उहाँले आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझावसमेत दिनुभयो । […]

प्रधानमन्त्री ओलीद्वारा हिमाल आरोही शेर्पालाई बिदाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झण्डासहित आज बिदाइ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोही शेर्पालाई झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए । उनले  आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार ग...