नेपालमा डेंगुबाट सङ्क्रमितको सङ्ख्या १३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार हालसम्म १३ हजार सात जनामा डेंगुको सङ्क्रमण देखिएको छ । डेङ्गुबाट सबैभन्दा बढी ललितपुरमा चार हजार ९८, काठमाडौंमा तीन हजार ५२ र मकवानपुरमा एक हजार चार सय २२ जना सङ्क्रमित छन् । यस्तै रुपन्देहीमा छ सय ४१, भक्तपुरमा चार सय ८२, दाङमा तीन सय ७८, चितवनमा तीन सय ४३, धादिङ एक सय ४५, काभ्रेपलाञ्चोकमा एक सय ३४ र दार्चुलामा एक सय २१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको