काठमाडौं : डेंगुबाट आज एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार पछिल्लो पटक एकजनाको मृत्यु भएसँगै नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ।हाल देशभरिका ७७ जिल्ला गरी ५१ हजार ४ सयभन्दा बढी डेंगुका बिरामी देखिएको जानकारी उनले दिए। बिरामीमध्ये सबैभन्दा बढी काठमाडौंमा १३ हजार ८३३ जना र ललितपुरमा ९ हजार ५४० जना रहेको डा अधिकारीले जानकारी दिए। भक्तपुरमा ५ हजार ५०४ जना डेंगुका बिरा