जीर्ण बन्दै कर्णाली पुल

सुदूरपश्चिम प्रदेशलाई मुलुकको अन्य भागसँग जोड्ने एक मात्र कर्णाली पुल निर्माण भएको तीन दशकसम्म पनि सामान्य मर्मतसम्भार हुन सकेको छैन। २०४४ सालमा निर्माण कार्य सुरु भई २०५० सालमा निर्माण सम्पन्न भएको कर्णाली पुल हालसम्म एक पटकसम्म पनि मर्मत नहुँदा पुलका नटबोल्ट खसेर पुलका केही भाग हल्लिने गरेका छन्। जापानको कावासाकी हेभी इन्डिसट्रिजले पुल निर्माण गरेको थियो। एउटै जगमा दुईवटा खम्बामा बनाइएको पाँच सय मिटर लामो पुलको दुवैतिर ३०/३० वटा फलामे लठ्ठाको सहायताले सन्तुलन मिलाइएको छ। पुलको नियमित रूपमा बेलाबेला मर्मत सम्भार गर्नुपर्ने प्राविधिकहरूले बताएका छन्। खम्बाको पश्चिमतर्फ ३२५ मिटर र पूर्वतर्फ १७५ मिटर लम्बाइ भएको पुलको सन्तुलन मिलाउन पूर्वतर्फ पुलमुनि झुन्डिएको घर र गोदाम बनाइएको छ।

सम्बन्धित सामग्री

कर्णाली पुल नजिकैकाे पहाड भासियो

मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको कर्णाली पुल पहिरोको समेत जोखिममा छ। पुलको उत्तर पूर्वतर्फ ठूलो पहिरो गएको छ। पुलदेखी नजिकैको पहाड भासिएको छ।...

जीर्ण बन्दै कर्णाली पुल

टीकापुर, साउन २१ । सुदूरपश्चिम प्रदेशलाई मुलुकको अन्य भागसँग जोड्ने एक मात्र कर्णाली पुल निर्माण भएको तीन दशकसम्म पनि सामान्य मर्मतसम्भार हुन सकेको छैन। २०४४ सालमा निर्माण कार्य सुरु भई २०५० सालमा निर्माण सम्पन्न भएको कर्णाली पुल हालसम्म एक पटकसम्म पनि मर्मत नहुँदा पुलका नटबोल्ट खसेर पुलका केही भाग हल्लिने गरेका छन्। जापानको कावासाकी हेभी […]

जीर्ण बन्दै सुदूरपश्चिम जोड्ने कर्णाली पुल

कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–३ चिसापानीस्थित पूर्वपश्चिम राजमार्गबाट सुदूरपश्चिमलाई जोड्ने