काँग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल  गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक चलिरहेको छ ।  काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा साढे ४ बजेपछि बैठक सुरु भएको हो । बहुमतको सरकार गठनका लागि दाबी पेस गर्नुअघि देउवाले पार्टीका पूर्व र वर्तमान पदाधिकारीसँग छलफल थालेका हुन् ।पदाधिकारी बैठकअघि देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । यस्तै आज बिहान देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका थिए ।

सम्बन्धित सामग्री

काँग्रेस पदाधिकारी बैठक जारी

नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी छ । काँग्रेस सभापति शेरबहादुर देउवाले निजी निवास धुम्बाराहीमा पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँग समसामयिक राजनीतिक विषयमा अनौपचारिक छलफल गरिरहनुभएको स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

देउवाबिना नै सानेपामा काँग्रेस पदाधिकारी बैठक जारी

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्थाको विधान टुंग्याउनको लागि काँग्रेस पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ । तर पदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन् । पदाधिकारीको बैठकले हालसम्म दलित संघको विधान टुंग्याएको छ । बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधानबारे छलफल भइरहेको छ । बैठकमा […]

बुढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक जारी

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा जारी छ । पार्टीको महाधिवेशन र क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा छलफल केन्द्रित रहने नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेपाली काँग्रेसको पदाधिकारी बैठक बालुवाटारमा जारी

नेपाली काँग्रेस पदाधिकारी बैठक जारी छ । काँग्रेस पदाधिकारी बैठक प्रम निवास बालुवाटारमा जारी रहेको काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको हो । काँग्रेसको जारी बैठकमा आसन्न चौधौं केन्द्रीय महाधिवेशन र क्रियाशील सदस्यताबारे छलफल केन्द्रीत रहने बताइएको छ ।

काँग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं / प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठक बसिहरकाे छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बैठक जारी रहेकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि कस्तो रणनीति बनाउने... The post काँग्रेस पदाधिकारी बैठक जारी appeared first on Purbeli News.

बूढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक जारी

नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी रहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसिरहेको हो । बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको चौधौं महाधिवेशनलगायतका विषयमा छलफल केन्द्रीत रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेपछि यसले मूर्तरूप लिन सकेको छैन। यद्यपि काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूहबीच