काठमाडौँ– अन्तर्राष्ट्रिय अहिंसा दिवस अवसरमा मानव अधिकार तथा शान्ति समाजले आठ जिल्लामा शान्तिपूर्ण प्रदर्शन गरेको छ। समाजले काठमाडौँ, रुपन्देही, चितवन,
एमालेले आठौँ संविधान दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ । संविधान जारी भएको दिन ३ असोजलाई उत्सवका रूपमा मनाउने गरी एमालेले काठमाडौंलगायत सबै जिल्लामा राष्ट्रिय झन्डासहितको प्रदर्शन गर्ने तयारी गरेको छ ।एमालेले...
पर्वत : नेपाल सरकारले सार्वजनिक सेवालाई नियमित रूपमा प्रवाह गर्ने विशेष व्यवस्था गरे अनुसार पर्वतका जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरूले पनि पर्व र दिवसका अवसरमा दिइने बिदाका दिनमा पनि सेवा प्रवाह गर्ने भएका छन्।प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यका अनुसार २०८० सालको वैशाख एक गतेदेखि चैत मसान्तसम्म सरकारले घोषणा गरेका सार्वजनिक बिदा दिइएका पर्व तथा दिवसमा समेत सेवा प्रवाह गरेर सार्वजनिक सेवा प्रवाहलाई नियमित बनाउनको लागि विभिन्न कार्यालयहरूबाट नियमित रूपमा सेवा दिने तयारी पूरा भएको छ
काठमाडौं । ५०औं विश्व वातावरण दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले एक दर्जन जिल्लामा वृक्षरोपण गरेको छ । शान्ति समाज काठमाडौं शाखाद्वारा ‘मेरो फोहोर, मेरो जिम्मेवारी’ नारासहित जोरपाटीमा आयोजित विशेष चेतनामूलक कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले वातावरणीय सुधारका कामलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । नगर क्षेत्रका खाली ठाउँमा यही वर्षायाममा बिरुवा रोपिने उनले बताए । कार्यक्रममा वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी, सल्लाहकार उत्तम पुडासैनी, शान्ति समाजका महासचिव रामकृष्ण बराल, काठमाडौं शाखा सभापति भगवान पुडासैनीलगायतले वातावरण संरक्षणका लागि हरियाली प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए । नगर क्षेत्रका खाली स्थानमा बिरुवा रोप्ने अभियानमा साथ दिने उनीहरूको प्रतिबद्धता थियो । सो अवसरमा जोरपाटीस्थित नयाँबस्ती युवा क्लब परिसरअघि वृक्षरोपण गरिएको छ । ओखर, तेजपत्तालगायत जातका करिब ३० बिरुवा त्यस क्षेत्रमा रोपिएको छ । रासस
कर्णाली प्रदेश सरकारले यो वर्षमा सात दिन सार्वजनिक बिदा गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेशभर लागू हुनेगरी सात दिन पर्व र दिवसमा बिदा दिने निर्णय गरेको हो ।धान दिवसको बिदा असार १५ गते जुम्ला बाहेक अन्य ९ जिल्लामा मात्रै लागू हुनेछ भने जुम्लामा चैत १२ गते बिदा दिइएको छ । साउने संक्रान्ति तथा देउडा पर्व साउन १ गते, नाग पञ्चमी साउन १७ गते, प्रदेश स्थापना तथा सहिद दिवस भदौ ४ गते, कोजाग्रत पूर्णिमा असोज २३ गते, राम नवमी चैत १६ गते र चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला अस
नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसको अवसरमा बुधबारविभिन्न जिल्लामा गरिएको प्रभातफेरीमा सहभागी सञ्चारकर्मी । तस्वीरः रत्न श्रेष्ठ/ रासस नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसको अवसरमा बुधबार बेनीमा रक्तदान गर्दै सञ्चारकर्मी
लमजुङमा नवौंराष्ट्रिय पोसाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा -याली भएको छ । देशैभर राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाइरहेका बेला लमजुङमा पनि विभिन्न संघ–संस्थाको संयुक्त आयोजनामा -याली भएको हो ।जिल्लामा क्रियाशील अन्तर्राष्ट्रिय सञ्जाल रोटरी क्लब अफ लमजुङ, रोट्रयाक्ट क्लव अफ लमजुङ, लायन्स क्लव, लाईन्स लेडी टुगेदर वि क्यान लमजुङ, लमजुङ जेसिससहित लमजुङ उद्योग वाणिज्य सँघ, […]
अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका अवसरमा मानव अधिकार तथा शान्ति समाजले काठमाडौंसहित रुपन्देही, चितवन, दाङ, तेह्रथुम, कपिलवस्तु, अछाम र बाँकेमा प्रदर्शन गरेको छ । ‘अहिंसाः पवित्र एवं गौरवमय मार्ग’ भन्ने सन्देशसहित शनिबार समाजले ८ जिल्लामा प्रदर्शन गरेको हो । १५ जुन २००७ को दिन संयुक्त राष्ट्र महासभाले अक्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्ताव अनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्दे
मोतीराम तिमल्सिना, काभ्रे । बालबालिकाहरुको संरक्षण आमाकै कोख देखि गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । कार्यपत्र प्रस्तुत गर्दै जिल्ला बाल न्याय क्षेत्र समन्वय समितिका सदस्य एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लामा एक वर्षको अवधीमा १ हजार ९ सय १ गर्भपतन गराई भ्रुण देखि नै बालिबालिकाहरुको हत्या गरिएको बताउनु भयो […]
अर्घाखाँची, भदौ २२ । निजामति सेवा दिवसको अवसरमा अर्घाखाँचीमा वृक्षारोपण गरिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा जिल्लामा रहेका सरकारी कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।
शान्ति, मानव अधिकार, लोकतन्त्र एवं मानवीय सेवामा काम गर्ने उद्देश्यले स्थापना भएको मानव अधिकार तथा शान्ति समाजको २६ औँ स्थापना दिवसका अवसरमा १६ जिल्लामा सहयोगसहित रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
शान्ति समाज काठमाडौँ शाखाले तारकेश्वरस्थित नवजीवन परोपकार समाज र कागेश्वरी मनोहरास्थित ज्येष्ठ नागरिक आश्रमलाई खाद्य सामग्री सहयोग गरेको छ । समाज चितवन शाखाद्वारा आयोजित रक्तदानमा २५ र दाङ शाखाद्वारा आयोजित कार्यक्रममा १५ जनाले रक्तदान गर्नुभएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दाङ शाखाले मेट्रो अस्पताल अस्वारलाई एक ...