अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा बसिरहेका सबै अमेरिकी नागरिकलाई रुसको तर्फबाट सैन्य कारवाहीको बढ्दो खतरालाई मध्यनजर गर्र्दै तुरुन्त देश छोड्न आदेश दिएका छन् ।बाइडेनले रुसले युक्रेनमाथि हमला गरेको स्थितिमा आफूले अमेरिकीलाई बचाउनका लागि सेना पठाउन नसक्ने बताएका छन् । उनले यो क्षेत्रमा स्थिति तीब्र रुपमा फेरिइरहेको पनि चेतावनी दिएका छन् ।रुसले युक्रेनको सीमामा एक लाख सैनिक तैनाथ गरेको छ तर उसले हमलाको योजना अस्वीकार गरिरहन्छ । यद्यपि, रुसले बेलारुससँग एउटा ठूलो सैन्य अभ्यास सुरु गरेको