अमेरिकी विदेशमन्त्री दुई दिने चीन भ्रमणमा जाँदै

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन यही माघ २२ गते चीन भ्रमणमा जाने भएका छन् । दुईदिने उक्त भ्रमणको मुख्य ‘एजेण्डा’ युक्रेन युद्ध, चीनको आणविक हतियार भण्डार र चीनमा रहेका अमेरिकी नागरिक हुने समाचारपत्र पोलिटिकोले जनाएको छ ।