काठमाण्डाै – नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध पार्टीको केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट पक्षले नाराबाजी गरेको छ ।
नेपाल विद्यार्थी सङ्घ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले आज शुक्रवरा पार्टी कार्यालय अगाडि नाराबाजी गरेको हो । नेता शेखर कोइराला समूहका नेविसङ्घ र तरुण दलका कार्यकर्ताले एकलौटी निर्णय रोक्न माग गरेका छन् ।
दुई दिनअघि सभापति देउवाले नेविसङ्घको अध्यक्षमा काठमाण्डौका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई मनोनीत गर्नुभएको थियो । नेविसङ्...