धुलोधुवाँ, चुरोट, बिँडीको नियमित प्रयोग, वायु प्रदूषणलगायतका कारक तìवले नेपालमा श्वासप्रश्वास रोगसम्बन्धी रोगहरू बढिरहेको छ । श्वासप्रश्वास रोग धेरै प्रकारका हुन्छन् । श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोगहरू हुन्छन्, जसलाई ‘सीओपीडी’ भनिन्छ । अर्को, एलर्जी वा अन्य कुनै पनि कारणले क्रोनिकरूपमा हुने आस्थामा (दम) रोग मुख्य हो । अन्य सङ्क्रमणहरूले गराउने निमोनिया वा क्षयरोग पनि श्वासप्रश्वाससम्बन्धी रोग हो । पछिल्लो समय कोरोना सङ्क्रमणबाट पनि श्वासप्रश्वासमा गम्भीर असर परिरहेको छ । श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौंथो प्रमुख रोगमध्ये पर्छ । यसबाट अनुमानित प्रतिवर्ष एक लाख २० हजार जनाको मृत्यु भइरहेको हुन्छ ।
यो रोग बढ्नुको सबैभन्दा प्रमुख कारण वायु प्रदूषण हो । विकासोन्मुख देशहरूमा जहिले पनि सडक बनिरहेको हुन्छ । अन्य विकासका काम पनि हुने गर्छन्, धुलो, धुवाँ उड्छ । त्यसले श्वासप्रश्वास रोगलाई बढवा दिइरहेको हुन्छ । दमका बिरामी बढ्नु अर्को मुख्य कारण गरिबी हो ।