प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा पनि एमालेको अवरोध

काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा पनि अवरोध कायमै राखेको छ । एमाले सांसदहरूले गैरसांसदहरूको उपस्थिति भएको भन्दै त्यसको विरोधमा नाराबाजी गरिरहेका छन् । सभामुख अग्नि सापकोटाले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकोले पटक-पटक अवरोध गर्नु उचित नभएको भन्दै बैठक संचालनमा सहयोग गर्न अनुरोध गरिरहेका छन् । जनताका समस्या उठाउन अन्य […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध, १० तस्बिरमा हेरौं

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।केहीबेरको नाराबाजीपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए । अर्को बैठक फागुन ८ गते दिनको १ बजे बस्नेगरी स्थगित भएको छ । तस्बिर: कृष्ण खड्का/रातोपाटी

राष्ट्रिय सभाको दोस्रो बैठक पनि स्थगित

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र नाराबाजीका कारण दोस्रो बैठक पनि स्थगन भएको छ ।  प्रतिपक्षको निरन्तरको नाराबाजीका कारण अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अन्त्य गरेका हुन् । पहिलो बैठक पनि प्रमुख प्रतिपक्षको अवरोधका कारण अन्त्य भएको थियो । दोस्रो बैठक शुरू भएको घोषणा गर्नासाथ प्रतिपक्ष दलका सांसद उठेर निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले अर्काे बैठक भदौ २५ गते दिनको १ बजे बस्ने गरी बुधवारको बैठक स्थगन गरे । बुधवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशो...