धनगढी : आर्थिक वर्ष ०७७/७८ का लागि कुल १ अर्ब २१ करोड ६२ लाख रूपैयाँ बजेट पाएको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् कार्यालयले १३ करोड ९२ लाख रूपैयाँ खर्च गर्न नसक्दा फ्रिज भएको छ।यो जानकारी सुदूरपश्चिम प्रदेश सरकारले बुधबार आयोजना गरेको सरकारको वार्षिक समीक्षामा पेश गरिएको विवरणबाट पाइएको हो। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सभाहलमा समीक्षा कार्यक्रम गरिएको थियो। समीक्षामा पत्रकारलाई भने निषेध गरिएको थियो।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेरुजु झण्डै ७२ लाख रूपैयाँ