काठमाडौँः सरकारले दुई अध्यादेश सिफारिस गरेर राजनीतिलाई तरंगित बनाएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ५:३० बजे बैठक बोलाइएको छ।
यसअघि सोमबारको मन्त्रिपरिषदले राजनीतिक दलसम्बन्त्री ऐन संशोधनको अध्यादेश स्वीकृत गरेको थियो। यस्तै संवैधानिक परिषदको गणपुरक संख्या हेरफेरसम्बन्धी अध्यादेश पनि