काठमाडौं : काठमाडौंको कपन राधाकृष्ण मन्दिर नजिकै युवायुवती मृत अवस्थामा भेटिएका छन्। मृत्यु हुनेमा संखुवासभाका २५ वर्षीय अनिश जिमी राई र खोटाङकी २२ वर्षीया युनिशा राई रहेको प्रहरीले जनाएको छ।बिहीबार राति १२ बजे कोठाभित्र हानाहान गरेको जस्तो आवाज आएपछि युवककी आमा र उनकी बहिनीको छोराले ढोका फुटाएर हेर्दा उनीहरू रगतमा लतपतिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ। अनलाइन खेल ‘पब्जी’बाट साथी बनेका उनीहरू केही दिनदेखि सँगै बस्न थालेको अनुसन्धानमा खुलेको प्रहरील