धनगढी उपमहानगरपालिका–१२ जुगेडामा दीपेन्द्रबहादुर सिंहले चार वर्षअघि झन्डै डेढ करोड खर्चेर कृषि फार्म स्थापना गरे । सुदूरपश्चिममा राम्रै बजार पाउने आकलन गरेर उनले स्थानीय जातका कुखुरा, लौकाट, टर्की र भैंसीपालन सुरु गरे । साथै उनले ह्याचरी राखेर चल्ला उत्पादन, आफ्नै दाना उद्योग र रेस्टुरेन्ट पनि खोले । सुरुका दुई वर्ष त उत्पादन र बिक्री राम्रै चल्यो । आम्दानी पनि राम्रै थियो । बिस्तारै लगानी बढ्दै जाँदा व्यापार भने ओरालो लाग्यो । जुगेडा क्षेत्रकै ठूलोमध्येको उनको फार्म अहिले बन्द हुने अवस्थामा पुगेको छ ।