प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसँग परामर्श

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधवार भेटवार्ता गरेका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान १० बजेपछि झण्डै २ घण्टा भेटवार्ता चलेको बालुवाटार स्रोतले बतायो । भेटवार्ता नियमित भएको स्रोतको दाबी छ । राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने इच्छा व्यक्त गरेको कुरा प्रकाशमा आएको थियो । बिहीवारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिले सम्बोधन गर्न चाहेको कुरा जानकारी गराएका थिए ।  

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष ओलीको भेटवार्ता

काठमाडौं, २० पुष । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भेट्न ओली आज शितलनिवास पुगेका हुन् । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी गरिरहेको र प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिन लागिरहेको सन्दर्भमा ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । एमालेनिकट […]

राष्ट्रपति भण्डारीसँग सिके राउतको भेटवार्ता

काठमाडौं, २० मंसिर । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका नवनिर्वाचित सांसद डा. सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । निर्वाचन जितेर काठमाडौं आएसँगै राउतको भेटवार्ता बाक्लो बन्दै गएको छ । यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेसपाका अध्यक्ष डा. बाबुराम […]

राष्ट्रपति भण्डारीसँग विभिन्न मुलुकका नेत्रीद्वारा शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गरेकी छिन् ।  राष्ट्रपति भण्डारीसँग आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट  गरिन् । उक्त अवसरमा नेपाल र आइसल्यान्डबीचको सम्बन्ध, लैङ्गिक समानता, जलवायु परिवर्तनलगायत विषयमा विचार आदानप्रदान भएको थियो । उक्त भेटमा आइसल्यान्डका प्रधानमन्त्रीले महिला सहभागिताको क्षेत्रमा नेपालले गरेको प्रगति उदाहरणीय रहेको उल्लेख गर्दै महिला नेतृत्वको क्ष

राष्ट्रपति भण्डारीसँग विभिन्न मुलुकका नेत्रीले गरे शिष्टाचार भेट

काठमाडाैँ- राष्ट्रपति विद्यादेवी भण्डारीसँग विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गरेका छन्। राष्ट्रपति भण्डारीसँग आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट गरे। उक्त अवसरमा नेपाल र आइसल्यान्डबीचको सम्बन्ध, लैङ्गिक समानता, जलवायु परिवर्तनलगायत विषयमा विचार आदानप्रदान भएको थियो। उक्त भेटमा आइसल्यान्डका प्रधानमन्त्रीले नेपालले महिला सहभागिताको क्षेत्रमा गरेको प्रगति उदाहरणीय रहेको उल्लेख […]

ली चान्सुले आज राष्ट्रपति भण्डारीसँग भेट गर्ने

काठमाडौँ – चार दिने नेपाल भ्रमणमा रहेका चिनिया राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन् । भ्रमणको तेस्रो दिन बुधबार उनले राष्ट्रपति भण्डारीसँग भेट गर्ने तालिका छ। भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मंगलबार साँझ शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन् । देउवाका प्रेस सल्लाहाकार गोविन्द परियारका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटवार्ता भएको हो । उनीहरुबीच दुई घण्टा छलफल भएको स्रोतले बताएको छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए […]

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ, १३ माघ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीको भेटवार्ता भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री देउवाले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । भेटमा महत्वपुर्ण विषयमा छलफल भएको जनाइएको छ । File Photo

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।  राष्ट्रपति भवन शीतलनिवासमा शुक्रवार मध्यान्ह भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास स्रोतले यो भेटवार्तालाई नियमित भनेको छ ।  देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको र शपथका लागि राष्ट्रपतिलाई आग्रह गरेको स्रोतले बतायो । देउवाले शुक्रवार मन्त्रिपरिषद्लाई पूर्णता दिएर आजै मन्त्रीहरूको शपथ गराउने तयारी गरेका छन् ।  असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले ४ जना मन्त्री समावेश गरेर सानो आकारको मन्त्रिमण्डल बनाएका थि...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच के के कुरा भयो

काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । शितलनिवासमा ४० मिनेटको भेटमा सर्वोच्च अदालतको फैसलापछि चाल्ने कदमबारे छलफल भएको हो । राष्ट्रपति भण्डारीसँग ओलीले राजीनामाबारे छलफल गरेका छन् । उनले सर्वोच्च अदालतको आदेश पालना गर्ने र त्यसपछि उत्पन्न हुने परिस्थितिबारे कुराकानी गरेका हुन् । राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री […]

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता

प्रकाश सिलवाल, ढाका । बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ । आजै यहाँका विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज यहाँ आइपुग्नुभएको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट यहाँ आइपुग्नुभएका राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ भने द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनुहुनेछ । दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ । राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवालीलगायत उच्च सरकारी अधिकारी सम्मिलित हुनुहुन्छ । भ्रमण टोलीमा १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ जना सदस्य छन् । (रासस)