राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता

प्रकाश सिलवाल, ढाका । बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ । आजै यहाँका विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज यहाँ आइपुग्नुभएको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट यहाँ आइपुग्नुभएका राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ भने द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनुहुनेछ । दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ । राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवालीलगायत उच्च सरकारी अधिकारी सम्मिलित हुनुहुन्छ । भ्रमण टोलीमा १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ जना सदस्य छन् । (रासस)

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष ओलीको भेटवार्ता

काठमाडौं, २० पुष । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भेट्न ओली आज शितलनिवास पुगेका हुन् । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी गरिरहेको र प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिन लागिरहेको सन्दर्भमा ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । एमालेनिकट […]

राष्ट्रपति भण्डारीसँग सिके राउतको भेटवार्ता

काठमाडौं, २० मंसिर । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका नवनिर्वाचित सांसद डा. सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । निर्वाचन जितेर काठमाडौं आएसँगै राउतको भेटवार्ता बाक्लो बन्दै गएको छ । यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेसपाका अध्यक्ष डा. बाबुराम […]

राष्ट्रपति भण्डारीसँग राजदूत यान्छीको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन् ।  राष्ट्रपति भवन शीतल निवासमा बुधबार अपरान्ह पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ शिष्टाचार भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।  उनका अनुसार भेटमा उनीहरूबीच नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।

राष्ट्रपति भण्डारीसँग  चिनियाँ नेता लीको शिष्टाचार भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग  जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता राष्ट्रपतिको कार्यालय शीतल निवासमा सुरु भएको छ । राष्ट्रपति भण्डारीसँग आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता सुरु भएको हो ।यसैगरी आज बिहान ९ः३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रण

शीतल निवास पुगे लि, राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्शुसँग शिष्टाचार भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीसँग आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो। आज बिहान चिनियाँ नेता लि नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा…

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै चिनियाँ नेता ली

काठमाडौं, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता गर्ने भएका छन् । राष्ट्रपति भण्डारीसँग उहाँले अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी आज बिहान ९ः३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा […]

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै चिनियाँ नेता ली

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता हुने भएको छ।...

ली चान्सुले आज राष्ट्रपति भण्डारीसँग भेट गर्ने

काठमाडौँ – चार दिने नेपाल भ्रमणमा रहेका चिनिया राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन् । भ्रमणको तेस्रो दिन बुधबार उनले राष्ट्रपति भण्डारीसँग भेट गर्ने तालिका छ। भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा […]

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।  राष्ट्रपति भवन शीतलनिवासमा शुक्रवार मध्यान्ह भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास स्रोतले यो भेटवार्तालाई नियमित भनेको छ ।  देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको र शपथका लागि राष्ट्रपतिलाई आग्रह गरेको स्रोतले बतायो । देउवाले शुक्रवार मन्त्रिपरिषद्लाई पूर्णता दिएर आजै मन्त्रीहरूको शपथ गराउने तयारी गरेका छन् ।  असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले ४ जना मन्त्री समावेश गरेर सानो आकारको मन्त्रिमण्डल बनाएका थि...

राष्ट्रपति भण्डारीसँग अमेरिकी राजदूतले गरे भेटघाट

राष्ट्रपति विद्या भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले मंगलवार भेटघाट गरेका छन् ।  देशका शीर्ष अधिकारी तथा राजनीतिक नेताहरूसँग भेटघाटको सिलसिला चलाइरहेका राजदूत बेरीले त्यसैक्रममा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।  अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनको प्रशासनका प्राथमिकताहरूका विषयमा जानकारी दिने उद्देश्यले उनले यी भेटघाटहरू गरिरहेका हुन् ।  संसारका विभिन्न मुलुकमा लोकतन्त्रलाई बलियो बनाउन र महिला तथा बालबालिकाको अधिकारलाई उकास्न बाइडन प्रशासनको प्राथमिकता रहेको ...