काठमाडौं : नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले गलत मान्छेलाई राष्ट्रपति बनाउँदा अहिलेको अवस्था आएको आरोप लगाएकी छिन्। विपक्षी गठबन्धनमा रहेका ५ राजनीतिक दलका विद्यार्थी संगठनले राजधानीमा आयोजना गरेको अन्तक्रियामा झाँक्रीले आफूले त्यतिबेलै विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउन नहुने पक्षमा उभिएको भए पनि नेतृत्वले नमान्दा संविधानको संरक्षण नभएको दाबी गरेकी हुन्।…