काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का विभिन्न देशमा रहेका शाखाहरुले कोभिड पीडित राहत कोषमा रकम जम्मा गर्न सुरु गरेका छन्। नेपालमा कोरोना नियन्त्रण गर्न सहयोग गर्ने उदेश्यले रकम संकलन सुरु गरिएको हो। एनआरएनए जापानको तर्फबाट कोभिड पीडित राहत कोषमा ५ लाख, एनसीसी बहराइनबाट६ लाख, एनसीसी जर्मनीको तर्फबाट एकलाख र एनआरएनए अमेरिका र अष्ट्रेलियाले सहयोग जुटाउन छलफल शुरु गरेका छन्।