काठमाडौं, साउन १० । दुई सातापछि रोजगारीका लागि साउदी अरेबिया उड्न खोजेका स्याङ्जाका हरि राम्जालीले कोरोनाविरुद्धको खोप लगाउन खोजेको एक साता भइसक्यो। खोप पाउने आशामा विभिन्न अस्पतालमा पुगे पनि कतैबाट सकारात्मक जवाफ नपाएको उनको गुनासो छ। ‘वैदेशिक रोजगारीमा जानेलाई सरकारले कोरोनाविरुद्धको खोप दिने भन्ने चर्चा चलेदेखि नै सोही आशाले सक्दो खोजी गरेको हुँ,’ उनले भने, […]