हिमपात पछि खुलेको हुम्ला : आँगनभरी हिउँ, घमाइलो डाँडाकाँडा

केही दिनको लगातारको हिमपातपछि बिहीबार हुम्लाको आकाश खुलेको छ। मौसम सफा भएसँगै डाँडाकाँडा र हिमालमा चाँदीझै हिउँ टल्केको देखिएको छ। घाम लागे पनि यस क्षेत्रमा चिसो भने कम भएको छैन।...

सम्बन्धित सामग्री

कर्णालीका हिमाली जिल्लामा हिमपात, हवाई सेवा ठप्प

सुर्खेत - कर्णालीका हिमाली जिल्लामा हिमपात भइरहेकाे छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ । त्यस्तै जाजरकोटको उत्तरी क्षेत्र, रुकुमपश्चिमको उत्तरी क्षेत्रमा समेत हिमपात भएको छ । हिमपातपछि लामो समयदेखि काला देखिएका डाँडाकाँडा सेताम्य भएका छन् ।  डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाईसेवा दुई दिनदेखि ठप्प छ । लामो समयदेखि पानी नपरेर आकाशे पानीको भरमा लगाएको बालीनालीमा भने राहत पुगेको छ । हिमाल...

हिमपातले सेताम्मे हुम्ला (तस्बिरहरु)

सिमकोट – यस वर्षको दोस्रो हिमपातले हिमाली जिल्ला हुम्ला सेताम्मे भएको छ। मंगलबार बिहानदेखि भएको हिमपात अहिले पनि जारी छ। जमिनमा एक फिटभन्दा बढी हिउँ जमेको छ। हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले आज जिल्लाभर हिमपात भएको बताए। उनका अनुसार उत्तरी हुम्लाका सिमकोट र नाम्खा गाउँपालिकाका उच्च क्षेत्रमा बढी हिमपात भएको छ। हिमपातले चिसो बढेको […]

हुम्लामा हिमपात, किसान खुसी, कार्यालय बन्द

हुम्ला । हुम्लामा बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने हुम्लामा यो वर्ष ढिलो गरि हिउँ परेको हो । हुम्ला सदरमुकाम सहित जिल्लाभर हिमपात भइरहेको छ । जिल्लाको माथिल्लाे क्षेत्र नाम्खा र सिमकोट गाउँपालिकाका अधिका‌‌स ठाउँहरुमा दुइ फिट भन्दा धेरै हिउँ जमेको छ भने तल्लो क्षेत्रका अधिका‌स स्थानमा करिब आधा फिट हिउँ […] The post हुम्लामा हिमपात, किसान खुसी, कार्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हुम्लामा बिहानदेखि हिमपात

हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आज बिहानदेखि हिमपात भएको छ । यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ । नेपालगञ्ज र सुर्खेतबाट  उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका हुम्ला विमानस्थलले जनाएको छ ।  सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ । त्यस्तै हिमपातका कारण सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ । हिमपात हुँदा कृषक औधी रमाएका छन् । कृषक हरिप्रसाद जैसीले भने “यसपटक जौ, गहुँ र उवाको उत्पादन राम्रो हुने भयो ।”&nbs

हिउँले ढाकिएको हुम्ला [तस्वीर]

हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात । हिमपातले जनजीवन प्रभावित भएको छ भने हिउँले हुम्ला सेताम्य देखिएको छ । तस्वीर : दाने बोहरा/रासस

हुम्लामा सातौँ पटक हिमपात

हुम्ला जिल्लामा हिउँ पर्न रोकिएको छैन। बिहीबार बिहानदेखि हिमपात भइरहेको छ। आकाशमा बादल लागेको भएपनि बिहीबार बिहानबाट सातौंँ पटकको हिमपात सुरु भएको हो। सिमकोट गाउँपालिका–५का सूर्य रावतले बिहानबाट सुरु भएको हिमपात दिउँसोसम्म जारी रहेको बताए । बिहान पानीसँगै हिउँ परेको भएपनि दिउँसोबाट हिउँमात्रै खसिरहेको छ। उनले हिमपातले किसानलाई राम्रोभएपनि हिउँसंँगै कुहिरोसमेत लागेको कारण बाहिरको वातावरण अँध्यारो देखिएको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

जुम्लामा हिमपात : जनजीवन कष्टकर, कृषक उत्साहित

कर्णाली प्रदेशका जुम्लासहित मुगु, हुम्ला, डोल्पा र कालिकोटमा हिमपात भइरहेको छ । जुम्लाको अग्ला भुभागसहित सदरमुकाम खलंगामा समेत हिमपात भइरहेको छ । लगातारको हिमपातले जनजीवन कष्टकर बनेको छ । जेष्ठनागरिक, दीर्घरोगी,...

हुम्लामा पनि हिमपात

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्मित भएका छन् । पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ । आफूले वैशाखमा हिमपात भएको देखेको यो बताए ।बुधबार रातिदेखि जिल्लामा निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्ये देखिएको छ । विगतका वर्षमा चैत दोस्रो सातादेखि हुम्लामा गर्मी मौसम शुरु हुने गथ्र्यो तर यो वर्ष वैशाख महिनामा हिमपात हुँदा चिसो बढेको छ । ह

हुम्ला र जुम्लामा हिमपात

जुम्ला/हुम्ला -  देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ ।आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ ।हिमपातले उडान हुन नसकेपछि सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने तयारीमा रहेका यात्रुहरु हुम्लामै रोकिएका छन् । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने बाटो र आसपासका डाँडा पनि हिउँले सेताम्य भएका छन् ।यस्तै जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ । हिउँ पर...

हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर

हुम्ला । हुम्लामा आज अपराह्न साढे १ः०० बजेदेखि निरन्तर हिमपात भइरहेको छ । शनिबार बिहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । जिल्लामा पहिलो पटक मङ्सिरमा हिमपात भएको थियो भने त्यसयता हिमपात नहुँदा चिसो ह्वात्तै बढेको छ । जिल्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ भने तापक्रम माइनसमा झरेको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ । उत्तरी नाम्खा गाउँपालिकामा आ