चैत १९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच शनिवार अपरान्ह भेटवार्ता शुरु भएको छ ।
भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री देउवाले समकक्षी मोदीसँग नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्धिपक्षीय वार्ता शुरु गर्नुभएको हो ।स्रोतका अनुसार दुवै जना प्रधानमन्त्रीका बीचमा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ सुदृढताका साथ अगाडि बढाउने उपायबारे विचार आदान–प्रदान पनि भएको छ।
तीन दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवा र समकक्षी बीच द्विपक्षीय औपचारिक वार्तापछि जनकपुर- जयनगर रेलको औपचारिक रुपमा शुरुआत गर्ने कार्यक्रम छ । यसैगरी नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन हुनेछ ।
ती कार्यक्रम पछि दुवै जनाले पत्रकार सम्मेलनलाई संयुक्तरुपमा सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको छ ।