दाङ - हिउँदे वर्षाका कारण दाङमा ३० करोड रुपैयाँ बराबरको झण्डै तीन करोड इँटामा क्षति पुगेकाे छ ।
बिहीवारदेखिको वर्षातका कारण तयारी अवस्थामा राखिएका काँचाे इँटामा क्षति पुगेको दाङ देउखुरीका इँटा व्यवसायी सङ्घका अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिनुभयो ।
दाङका विभिन्न ठाउँका इँटा उद्योगमा तयारी अवस्थामा राखिएकाे झण्डै तीन करोड इँटा पूर्णरुपमा नष्ट हुँदा ३० करोड रुपैयाँ बराबरको क्षति भएको उहाँले बताउनुभयाे ।
पकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँटामा हिउँदे वर्...