गण्डकी सरकारको प्रवक्तामा सीता सुन्दास

पोखरा – गण्डकी प्रदेश सरकारको प्रवक्तामा सीता सुन्दास चयन भएकी छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रवक्ताको जिम्मेवारी सुन्दासलाई दिएका हुन्। सुन्दास आजै गण्डकी प्रदेश सरकारको विना विभागीयमन्त्री नियुक्त भएकी हुन्। आजै शपथ लिएका मुख्यमन्त्री अधिकारीले पाँच निर्णय गरेका छन्।