काठमाडौं : बुधबार गृहमन्त्री रवि लामिछाने जनताको समस्या बुझ्न राहदानी विभाग पुगे। सोमबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणको लाइन हटाउने निर्णय गरेको थियो सोहीअनुसार उनी विभाग पुगेका हुन्। सर्वसाधारणले पासपोर्ट बनाउन घण्टौं लाइन बस्नुपर्ने बाध्यताको जानकारी लिन विभाग पुगे। लाइन व्यवस्थापन गर्ने अनलाइन शुरु गरेको एक वर्ष बितिसक्दा पनि जनताको समस्या सुल्झाउनुको सट्टा बल्झाएसँगै मन्त्रिपरिष