परराष्ट्र मन्त्री नारायण खड्का भन्छन्  -'चीनसँग मित्रता बढाउन नेपाली  काँग्रेस प्रतिबद्ध छ'

परराष्ट्र मन्त्री तथा नेपाली काँग्रेसका नेता नारायण खड्काले चीनसँग मित्रता बढाउन काँग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।काँग्रेसलाई भारत र पश्चिमा मुलुकहरूसँग नजिक रहेको र चीनसँग टाढा भएको अरोप लागिरहेको बेलामा मन्त्री खड्काले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभागका प्रमुख लिउ जियानचाओसामू उक्त कुरा बताएका हुन् । उक्त संवादमा सीपीसीका विदेश विभागका उपमन्त्री चेन झोउ पनि सहभागी थिए ।मन्त्री खड्का र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच बिहीबार भर्चुअल कुराकानी भएको थियो । केही समयअघि मात्र

सम्बन्धित सामग्री

उदयपुर १ मा कांग्रेसका नारायण खड्का विजयी

काठमाडौं । उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नारायण खड्का निर्वाचित भएका छन्। परराष्ट्र मन्त्री समेत रहेका खड्काले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु चौधरी पराजित गरेका हुन् । अन्तिममत परिणामअनुसार खड्काले ३१ हजार २७० मत प्राप्त गरेका छन् । भने एमालेकी मञ्जु चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छन्। खड्का चौथो […]

महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्र मन्त्री खड्का लन्डनमा

काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्त्येष्टिमा सहभागी हुन् लण्डन आएका छन्। मन्त्री खड्का शनिबार साँझ लण्डन स्थित हित्रो विमानस्थलमा उत्रिँदा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले स्वागत गरेका थिए । लण्डनमा रहँदा मन्त्री खड्काले महारानीको अन्त्येष्टिमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै विशेष समारोहमा सहभागी हुनेछन् । खड्काले […]

परराष्ट्र मन्त्री खड्का र चीनका परराष्ट्र मन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं, साउन २५ । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री नारायण खड्काले आज चिनियाँ परराष्ट्र मन्त्रीलाई भेट्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार द्विपक्षीय वार्ता हुन लागेको हो। चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र […]

परराष्ट्र मन्त्री खड्का चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रवार सिंहदरवारमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यही श्रावण २४ गतेदेखि २६ गतेसम्म मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराइएको हो । चिनिया विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्र मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको […]

चीन भ्रमणमा जाँदै परराष्ट्र मन्त्री डा.खड्का

परराष्ट्र मन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाने भएका छन्। चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा खड्का चीन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अगस्ट ९ देखि ११ (साउन २४ देखि २६) गतेसम्म उनले चीनको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ।

यो सरकार बनेपछि अन्तराष्ट्रिय सम्बन्ध थप विस्तारः परराष्ट्र मन्त्री

काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्का वर्तमान सरकार बनेपछि अन्तराष्ट्रिय सम्बन्धमा थप विस्तार भएको दाबी गरेका छन् । बजेट माथि उठेका प्रश्नको प्रतिनिधि सभामा जवाफ दिने क्रममा सरकार बनेसँगै अन्तराष्ट्रिय सम्बन्धलाई थप विस्तार र सुदृढ गर्ने कार्य गरिएको उनले दाबी गरे । सरकारले देशको राष्ट्रिय स्वाधिनता र राष्ट्रिय हितलाई प्राथमिकतामा राखेको खड्काले बताए । […]

परराष्ट्र मन्त्री खड्का र चिनियाँ विदेश मन्त्री वाङबीच कुराकानी

परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच कुराकानी भएको छ।

डा. नारायण खड्का परराष्ट्रमन्त्री बने लगत्तै न्यूयोर्क जाने

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. नारायण खड्का शपथ ग्रहण गरेर कार्यभार सम्हाले लगत्तै अमेरिकाको  न्यूयोर्क जान लागेका छन्। संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गर्ने स्रोतको भनाइ छ । डा. खड्काले महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन् । परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र […]