काठमाडाैँ- नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ। सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा औपचारिक निर्णय लिन पार्टीको बैठक केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेकाे हाे। शनिबार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक स्थगित गरिएको थियाे। हिजाेकाे बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका थिए। वर्तमान सरकारलाई […]