महाधिवेशन उद्घाटन कार्यक्रममै सिटौलाले गरे प्रदीप पौडेलको प्रचार

नेपाली काँग्रेसको महाधिवेशन उद्घाटन कार्यक्रममै काँग्रेस नेता कृष्ण प्रसाद पौडेलले नेता प्रदीप पौडेलको प्रचार गरेका छन् । उनले आफ्नोतर्फबाट युवाको नेतृत्व गर्ने जिम्मा प्रदीप पौडेललाई दिएको भन्दै पौडेलको प्रचार गर्न भ्याए । सिटौलाले पौडेललाई महामन्त्रीको रूपमा अघि सारेका छन् भने चुनावमा सिटौलाले शेरबहादुर देउवालाई सहयोग गर्न लागेको बताइएको छ । उनले थप कुरा भोलि उम्मेदवारी दर्ता गर्ने क्रममा सार्वजनिक गर्ने पनि बताए । उनले भने, ‘मेरो थप कुरा भोलि हुन्छ । मैले आफ्नो कुरा राख्छु । ह

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा चुनावी रौनक, भोट माग्दै नेता [तस्वीरहरू]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रवारबाट काठमाडौंमा शुरू भएको छ । भृकुटीमण्डपमा भइरहेको उद्घाटन समारोहमा अहिले विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् ।  त्यहीँ केही कांग्रेस नेताहरू भने भोट माग्न व्यस्त छन् । अहिले उद्घाटन समारोहमा चुनावी रौनक छ।  महाधिवेशनका उम्मेदवार नेताहरू र उनका सहयोगीहरू भोट माग्न व्यस्त छन् । सहभागीहरूलाई धमाधम प्रचार सामग्री बाँडिरहेका छन् ।  केन्द्रीय सदस्यका उम्मेदवारहरू प्रतिनिधिलाई खोजीखोजी आफ्ना कुरा सुनाउने र फकाउन व्यस्त छन् । प्रदीप पौडेल, रामहरि खतिवडा...