बुटवल। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना भएकी छिन्। मंगलबार एक महिलाको घरमै गएर हातपात गरेको आरोप खेपेकी मन्त्री वली मंगलबार राति नै लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी हुन्।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएकी थिइन्।