काठमाडौं : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा अहिले आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु लागेको छ।दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्
काठमाडौँ,१७ साउन । देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी […]
बिहान पनि बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।...
काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।आइतबार बिहान देशका विभिन्न स्थानमा मौसम बदली रहेको छ। मधेश‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।यस्तै‚ कर्णाली र सुदूरपश्चिम
काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण आज पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मंगलबार बिहान प्रदेश १ र मधेश प्रदेशलगायत पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ।दिउँसो देशभर आंशिक बदली रही पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का
काठमाडौं, मंसिर ६ । आज मुलुकका सबैजसो स्थानको मौसममा समान्य दबलीको सम्भावना रहेको छ। आज प्रदेश १ का केही स्थानहरुको उच्च पहाडी क्षेत्रमा सामान्य वर्षा हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिसम्म केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ। ‘प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ […]
काठमाडौं : मौसम पूर्वानुमान महाशाखा अनुसार आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।आइतबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने मौसमविद् मन्जु बासीले जानकारी दिइन्। बेलुका पनि देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ।शनिबार राति लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका विभन्न स्थानमा पानी परेको थियो। मनसुन बाहिरिने क्रममा रहेकाले भीषण वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ।
काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ।आइतबार बिहान देशभरको मौसम सामान्य बदली रही प्रदेश १ का केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति पनि देशभर मौसम बदली रही अधिका