आईएमई पेमा अब शाइन रेसुङ्गा विकास बैंकबाट पनि रकम लोड गर्न सकिने

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेमा अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले सजिलै  क्यास लोड गर्न सक्ने भएका छन् ।  विभिन्न वित्तिय संस्था सँग आबद्ध भइ सेवाग्राहीहरुलाई विधुतीय भुक्तानी सहज गराउने उदेश्यका  साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले  बैंकको मोबाईल...

सम्बन्धित सामग्री

नेप्से २७ % घट्दा राष्ट्रियस्तरका विकास बैंकको शेयरमूल्य औसत २०% घट्यो

काठमाडौं । एक वर्षको अन्तरालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ प्रतिशत घटेको छ । गतवर्ष (२०७८ जेठ २० गते) र चालू वर्ष (२०७९ जेठ २०) गतेको नेप्से परिसूचकलाई तुलना गर्दा एक वर्षको अवधिमा नेप्से परिसूचक २७ दशमलव २३ प्रतिशत घटेको छ । गतवर्षको जेठ २० गते २ हजार ८५६ विन्दुमा रहेको नेप्से परिसूचक एक वर्षपछि चालू वर्षको जेठ २० गते २ हजार ७८ विन्दुमा झरेको छ । एक वर्षको अवधिमा परिसूचक ७७८ अंक तल झरेको छ ।  तर, यही एक वर्षको बीचमा नेप्से परिसूचक बढेर ३२ सय विन्दु पार गरेको थियो । गत भदौ २ गते नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो । उक्त दिन नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । त्यसयता नेप्से परिसूचकले उक्त विन्दु भेट्टाउन सकेको छैन । बजारमा तरलता अभाव बढ्दै गएकोले नेप्सेमा त्यसको प्रत्यक्ष प्रभाव परेको जानकार बताउँछन् । नेप्से परिसूचक घटेसँगै अहिले अधिकांश कम्पनीको शेयरमूल्य पनि सस्तिएको छ । कतिपय कम्पनीको शेयरमूल्य सस्तिएर गतवर्षको तुलनामा ५० प्रतिशत कम मूल्यमा किन्न सकिने अवस्था आएको छ । तर, लगानीकर्तासँग पर्याप्त पैसा नहुँदा मौकाको फाइदा उठाउन सक्ने अवस्था छैन । यसै क्रममा एक वर्षको अवधिमा राष्ट्रियस्तरका आठओटा विकास बैंकको पनि शेयरमूल्य २० प्रतिशत घटेको छ । गतवर्ष २०७८ जेठ २० गतेको तुलनमा अहिले राष्ट्रियस्तरका विकास बैंकहरू लुम्बिनी, शाइन रेसुङ्गा, ज्योति, मुक्तिनाथ, कामना सेवा, गरिमा, सांग्रिला र महालक्ष्मी विकास बैंकको शेयरमूल्य औसत २० दशमलव २१ प्रतिशत घटेको हो । शेयरमूल्य सबैभन्दा बढी घट्नेमा लुम्बिनी विकास बैंक रहेको छ । यो बैंकको एक वर्षको अवधिमा शेयरमूल्य २५ दशमलव ४० प्रतिशत घटेको छ । गतवर्षको जेठ २० गते यो बैंकको शेयरमूल्य ४९६ रुपैयाँ रहेकोमा हाल ३७० रुपैयाँमा खरीदविक्री भइरहेको छ ।  शेयरमूल्य बढी घट्ने दोस्रोमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । यो बैंकको २४ दशमलव ९४ प्रतिशत शेयरमूल्य घटेको छ । गतवर्ष यो बैंकको शेयरमूल्य ४२१ रुपैयाँ रहेकोमा यो वर्ष ३१६ रुपैयाँमा शेयर खरीदविक्री भइरहेको छ ।  त्यसैगरी शेयरमूल्य सबैभन्दा कम घट्नेमा महालक्ष्मी विकास बैैंक रहेको छ । यो बैंकको शेयरमूल्य एक वर्षको अन्तरालमा ८ दशमलव १५ प्रतिशतमात्र घटेको छ । गतवर्षको जेठ २० गते ४०५ रुपैयाँ भएको यो बैंकको शेयरमूल्य एक वर्षमा ३३ रुपैयाँ मात्र घटेको छ । हाल यो बैंकको ३७२ रुपैयाँमा शेयर खरीदविक्री भइरहेको छ ।  प्रतिशतमा शेयरमूल्य बढी घट्नेमा लुम्बिनी विकास बैंक भए पनि रुपैयाँमा सबैभन्दा बढी शेयरमूल्य घट्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यो बैंकको शेयरमूल्य एक वर्षमा १२९ रुपैयाँ घटेको छ । गत वर्षको जेठ २० गते ५६६ रुपैयाँमा शेयर कारोबार भएकोमा यो वर्षको २० गते भने यो बैंकको शेयरमूल्य ४३७ रुपैयाँ कायम भएको छ ।  पछिल्लो समय कारोबार रकम पनि दिन प्रतिदिन घट्दो क्रममा रहेको छ । बजार घटेसँगै लगानीकर्ता आत्तिएर बाहिरिने हुँदा कारोबार रकममा कमी आउन थालेको हो । एक वर्षकै बीचमा २१ अर्बसम्मको शेयर कारोबार भएकोमा अहिले दैनिक साढे १ अर्बको हाराहारीको शेयर कारोबार हुने गरेको छ ।