पटाका गोदाममा विष्फोट हुँदा तीन जनाको मृत्यु

नयाँदिल्ली । मध्य प्रदेश राज्यको एउटा पटाका गोदाममा आज भएको विस्फोटमा एक बालक, एक महिला र एक पुरुषसहित तीन जनाको मृत्यु हुनाका साथै अन्य धेरै घाइते भएका एक जना स्थानीय प्रहरीले सिन्ह्वालाई फोनमा बताएका छन् । राज्यको मोरेना जिल्लामा उक्त दुर्घटना भएको तथा सातजना घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । विष्फोटका कारण भवन भत्किँदा […]

सम्बन्धित सामग्री

पाकिस्तानमा ग्यास सिलिण्डर विष्फोट हुँदा १२ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको लासबेला जिल्लाको एक बजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार लासबेलाको बेला क्षेत्रमा अवस्थित ग्यास भर्ने पसलमा सिलिण्डरमा ग्यास भर्ने क्रममा विष्फोट हुँदा उक्त हताहति भएको हो । विष्फोटसँगै पसल वरपर भीषण आगो लागेको थियो । आगोमा परी २५ जना घाइते भएका तथा ती मध्ये १२ जनाको मृत्यु भएको हो । घाइेतहरूलाई तत्काल दक्षिण बन्दरगाह शहर कराँचीको सिभिल अस्पताल भर्ना

सुरूङमा ट्याङ्कर विष्फोट हुँदा १७ जनाको मृत्यु

काबुल– राजधानीको उत्तरी भागमा अवस्थित एक सुरूङमा इन्धन बोकेको एउटा ट्याङ्कर विष्फोट हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य ३२ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार विष्फोटनमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको तथा बाँचेकाहरू भग्नावशेषमा फसेकाले मृतकको सङ्ख्या बढ्नसक्ने संभावना छ । विष्फोटको कारणबारे तत्काल कुनै जानकारी प्राप्त भएको […]

म्यान्मारको इन्साइन जेलमा बम विष्फोट हुँदा ८ जनाको मृत्यु

काठमाडौँ– म्यान्मारको कुख्यात इन्साइन जेलमा विष्फोट भएको छ । मुलुकको सबैभन्दा ठूलो सहर यङ्गुनमा रहेको उक्त जेलमा विष्फोट हुँदा ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । जेलको प्रवेशद्वारमा दुईवटा पार्सल बम विष्फोट भएको जनाइएको छ । विष्फोटमा मृत्यु हुनेमध्ये तीन जना जेलका कर्मचारी र ५ जना जेल भ्रमणमा आएका मानिसहरु रहेको बीबीसीले जनाएको छ […]

बिहारको एक घरमा विष्फोट हुँदा ६ जनाको मृत्यु

९ साउन, काठमाडौं । भारत बिहारमा एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा आइतबार विष्फोट भएको थियो । सारण प्रहरीका एसपी सन्तोष कुमारले घटनामा ६ जनाको मृत्यु र ४ जना घाइते भएको पुष्टि गरेका छन् । उक्त घरमा पटाका उत्पादन हुने गरेको स्थानीयले बताएका छन् […]

अफगानिस्तानमा बम विष्फोट हुँदा ३३ जनाको मृत्यु

काठमाडौं– अफगानिस्तानमा भएको पछिल्लो बम विष्फोटमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । अफगानिस्तानको उत्तरमा रहेको कुन्दुज शहर नजिक मस्जिदलाई लक्षित गरी गराइएको बम आक्रमणमा ३३ जनाको मृत्यु भएको हो । आक्रमणमा अरु दर्जनौँ घाइते भएका छन् । ‘कुन्दुजको इमाम साबिह इलाकामा बम विष्फोट हुँदा बालबालिकासहित ३३ नागरिक मारिएका छन् ।’ अफगानिस्तानको शासन चलाइरहेको तालिबान […]

अफगानिस्तानको हेरातमा मिनी बसमा बम विष्फोट हुँदा ७ जनाको मृत्यु,९ घाइते

काठमाडौँ । अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विष्फोट हुँदा चार महिलासहित सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् । इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ ।

मुम्बईमा लडाकु पानीजहाजमा विष्फोट हुँदा ३ जनाको मृत्यु, ११ घाइते

काठमाडौँ । भारतको मुम्बईमा लडाकु पानीजहाजमा विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । ‘आईएनएस रणवीर’ नाम दिइएको युद्धपोतमा मंगलबार विष्फोट हुँदा नौसेनाका तीन जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । जहाजका चालक दलले स्थितिलाई तुरुन्तै सम्हालेर थप क्षति हुन नदिएको नौसेनाका अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय मिडियाले […]

हाइटीमा तेल ट्यांकर विष्फोट हुँदा ५० जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

२९ मंसिर, काठमाडौं । हाइटीको उत्तरी क्षेत्रमा एक तेल ट्यांकर विष्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । उक्त घटनापछि सरकारले तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । हाइटीको क्याप-हेटियन शहरको सडकमा तेल ट्यांकर दुर्घटना भएको थियो । स्थानीयले ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न थाले । त्यहीबेला ट्यांकर विष्फोट भएको थियो । त्यसैले […]

उत्तरी चीनमा रासायनिक भट्टी विष्फोट हुँदा ४ जनाको मृत्यु

उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। उक्त विष्फोट राति ११ :०० बजे भएको थियो।अल्क्सा लीग (प्रिफेक्चर) को बायन ओबो औद्योगिक पार्कमा रहेको रासायनिक प्लान्टको कार्यशालामा शुक्रबार लागेको आगो शनिबार बिहानै निभाइएको छ ।फर्मका कानुनी प्रतिनिधिलाई स्थानीय सार्वजनिक सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका छन् भने कम्पनीले उत्पादन रोकेको छ। दुर्घटनाको कारण पत्ता लगाउन क्षेत्रीय सरकारले

चीनमा रासायनिक भट्टी विष्फोट हुँदा चार जनाको मृत्यु

उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।