भारतको महाराष्ट्रमा डोजर प्रयोग गरेर एउटा एटिएम मेसिन चोरी भएको छ । महाराष्ट्रको सांगली जिल्लाको मिरज तालुकास्थित आगरा चोकमा रहेको एक्सिस बैंकको एटिएम मेसिन चोरी भएको हो । चोरले डोजर ल्याएर एटिएम बुथको ढोका फुटाएको थियो । सो घटना सीसीटिभी क्यामेरामा कैद भएको थियो, जसको फुटेज सार्वजनिक गरिएको छ ।अधिकारीहरुका अनुसार चोरले एटिएम बुथ फुटाउन ल्याएको डोजर पनि चोरी कै थियो । एउटा पेट्रोल पम्पबाट चोरले डोजर चोरी गरेर ल्याएको अनुसन्धानका क्रममा पत्ता लागेको जनाइएको छ । एटिएम मेसिन चोरी गर्ने क्रममा चोरले