काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भ्रष्टाचारीलाई जेल हाल्ने एजेण्डा बोकेर चुनावमा गए जनताले दुई तिहाइ दिने बताएका छन्। शुक्रबारबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेता गुरुङले २०४६ सालपछिका सबै जनप्रतिनिधिहरूको सम्पत्ति छानबिन गर्न माग गरेका हुन्।