नेपाली सेना त्रिभुवन आर्मी क्लबका एथलेटिक्स खेलाडीहरूले ‘खुला हाफ म्याराथन प्रतियोगिता २०७८’ मा दुई स्वर्णसहित चार पदक जितेका छन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा आयोजित प्रतियोगितामा खेलाडीहरूले २ स्वर्ण, १ रजत र १ कांस्य जितेका हुन् ।
प्रतियोगितामा महिलातर्फ नेपाली सेनाकी विश्वरुपा बुढा र पुरुषतर्फ नेपाली सेनाका गजेन्द्र राई प्रथम भएका छन् ।
त्यसै गरी श्रीकाश राई र नवराज साउद पुरुषतर्फ क्रमशः द्वितीय र तृतीय भएको सेनाले जनाएको छ ।
चौतारा : ‘खुला हाफ म्याराथन प्रतियोगिता-२०७८’मा त्रिभुवन आर्मी क्लबका खेलाडीले ४ वटा पदक जितेका छन्।त्रिभुवन आर्मी क्लबका खेलाडीले २ स्वर्ण, १ रजत र १ काँस्य पदक जितेको नेपाली सेनाले जनाएको छ।आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले साँगाचोकगढी नगर खेलकुद विकास समितिको आयोजनामा शनिबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ मा प्रतियोगिता सञ्चालन भएको थियो।प्रतियोगितामा महिलातर्फ नेपाली सेनाकी विश्वरूपा बुढा र पुरुषतर्फ नेपाली सेनाका गजेन्द्र राई प्रथम भए भने श्रीकाश राई र