काठमाडौँ – बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका विदेशमन्त्रीसँग शिष्टाचार भेट गरेका छन्। राजधानी ढाकामा राजदूत भण्डारी बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोनेनसँग भेट गरेका हुन्। भेटमा दुई देशका चासो र हितका बारेमा छलफल भएको जनाइएको छ। आर्थिक सम्बन्ध विस्तार गरी नेपाल–बंगलादेशसम्बन्धी थप प्रगाढ बनाउने विषयमा कुरा भएको नेपाली दूतावास ढाकाले जनाएको छ।