आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच करोड ८६ लाख निकासा गरेको छ । प्रदेश सरकारले प्रतियोगिताको तयारीअन्तर्गत खेलाडी छनोट र बन्द प्रशिक्षण सञ्चालन गर्न हालसम्म सो रकम उपलब्ध गराएको हो ।राष्ट्रिय खेलकुदका लागि प्रदेशको तयारीमा रहेको सरकारले पछिल्लो पटक रु एक करोड ४० लाख थप बजेट उपलव्ध गराएको प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीका संयोजनमा पोखरामा सञ्चालन भएको दुई दिनको खेल पत्रकारिता ताल